सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन | असार ६, २०८३

सौराहबाट जाउँ है पोखरा अभियान सुरु

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।

 

कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे । तीन दिने अभियान अन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन् । होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रबर्द्धनमा यो अभियान संचालन गरिएको हो ।

 

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ बर्ष अघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने तृकोणीय पर्यटन प्रबर्द्धनको उद्देध्य समेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए ।

 

कालीका नगर प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड दिएको बताए । सबै भन्दा धेरै मह र च्याउ उत्पाद गर्ने नगरपालिका कालीका भएको दाबी उनले गरे ।  होटल संघ नेपालका केन्द्रिय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रबर्द्धनमा जाउँ है पोखरा अनुकरणीय अभियान भएको बताए । सिल्भर ट्र्याङ्गलको अवधारणा अन्तर्गत सयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे ।

 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्र्याङ्गलको अवधारणा पुन: अगाडि बढाईएको स्मरण गराए । जाउँ है पोखरा अभियानसँग बोर्ड सुरुवाती समयबाटै जोडिएको उनले जानकारी गराए ।  क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले चितवनका पर्यटकीय क्षेत्रबारे अवगत गराए । पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने उनले सुझाव राखे ।

 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरुको खोजी, उत्थान र प्रबर्द्धनमा आफ्नो संस्था लगिरहेको जानकारी दिए । पर्यटनलाई भिन्न र नयाँ ढंगले अगाडि बढाउनु पर्ने अवस्था आएको उनले बताए ।

 

कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले दामोदर कुण्ड र त्रिवेणी धाम जोड्ने गरी हरिहर परिक्रमा पथ विकासको प्रस्ताव राखे । कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष राजु सिलवाल र रत्ननगर नगरपालिका ७ का वडा सदस्य सूर्यबहादुर तामाङले पनि कार्यक्रममा आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन आयोजक संघका सचिव पार्वाती पाण्डेले गरेकी थिईन् ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्